नेकपाको सचिवालय बैठक आज दिउँसो बस्दै

काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

आजको बैठकमा भने मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया