आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरको विजयी सुरुवात

एजेन्सी । युएईमा जारी आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १ सय ५३ रनमात्रै बनाउन सक्यो । 

हैदराबादका लागि जोनी बेयरस्टोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जीत दिलाउन सकेनन् । युजभेन्द्र चाहलले ३ विकेट लिए भने शिवम डुवे र नभदिप सैनीले २–२ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलाडी पडीक्कलले बैंगलोरका लागि ५६ रन बनाए । डी भिलियर्सले ५१ रन जोडे । कप्तान विराट कोहली १४ रनमा आउट भए ।हैदराबादका विजय शंकर, थानगारासु नटराजन र अविशेक शर्माले १–१ विकेट लिए ।

जितसँगै बैंगलोरले २ अंक जोडेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया