काभ्रेमा एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार २५ वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको हो ।

आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन्

यो समेत काभ्रेमा तीन महिला र दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नगरपालिकामा दुई जना गरी ५ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया