अस्पतालबाट समयमा उपचार नपाउँदा एकको मृत्यु

झापा ।  झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा पुर्‍याएर पनि उपचार नपाउँदा मृत्यु भएको छ । 

उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा १ असोजमा भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरानलाने सल्लाह दिएको थियो । 

कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएका थिए । तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र समयमा उपचार नपाएकै कारण तिम्सिनाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया