१ हजार १५४ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर कोरोना भाइरस(कोभिड-१९)का कारण थप १ हजार १ सय ५४ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका नियमित प्रेस ब्रिफिङमा बताएअनुसार पछिल्लो २४ घण्टामा देशभर १,१५४  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या ४७ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार ९ सय २१ जना र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । 

शनिबार देशभर १ हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शुक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी २ हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार देशभर १ हजार ३ सय २५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्‍न अस्पतालबाट ९ स ६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया