पतिले श्रीमतीको पेट हँसियाले चिरेपछि

भारत । उत्तर प्रदेशमा एक गर्भवती महिलाको पेटमा उनकै पतिले हँसियाले चिरिदिएका छन् । पीडित महिलाको अवस्था चिन्ताजनक रहेको छ ।
पाँच वटी छोरीको जन्म दिएकी पत्नीको गर्भमा छैठौं सन्तान फेरि पनि छोरी नै हो कि भन्ने आशंकामा उनले गर्भवती पत्नीको पेट घँस काँट्ने हँसियाले चिरिदिएको खबरमा जनाइएको छ ।
उत्तर प्रदेश बदायूं जिल्लाका पन्नालाललाई धारिलो हतियारले आफ्नी पत्नीको पेट चिरेको आरोपमा प्रहरीले गिरफ्तार पनि गरेको छ ।
गम्भीर अवस्थाकी गर्भवती महिला अनीताको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया