कोभिड–१९बाट सुर्खेतका कैदीको मृत्यु

सुर्खेत । कोभिड–१९को संक्रमणबाट सुर्खेतका एक कैदीको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया