कोरोना संक्रमितको चार जनाको वीरगन्जमा मृत्यु

वीरगन्ज । कोरोना संक्रमितको चार जनाको वीरगन्जमा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई  तथा बारा र रौतहटका एक/एक जना छन् ।

आइतबार तीन संक्रमितको र शनिबार एक जनाको उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए ।

सोहो अस्पतालमै असोज २ गते अस्पताल भर्ना भएकावीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा असोज १ गते आएका बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको थियो । वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया