मुग्लानीहरुको कथा ” मुग्लान पारि “

रजिष्मा केसी । नयाँ दिल्ली

मुग्लान के हो ? यो कहाँ पर्छ ? पहिला त यो खुल्दुली मेटाँउ अनि प्रसंग तिर लैजानेछु। ‘मुग्लान’ भनेको तत्कालिन मुगलहरुले आफ्नो अधिपत्य कायम गरेको भारतको केहि भुमी हो।

मुगलहरुले करिव, करिव आधा भारतमा आफ्नो साम्राज्य बिस्तार गरेका थिए । त्यो समय बाटै मुगलहरुको राज्यमा जाने माईग्रेन्टहरुलाई ‘मुग्लानी’ भन्न थालियो तर पछि मुग्लानी शब्द नेपाली जनजिभ्रोमा यसरी झुण्डियो समग्र भारत मात्र नभएर अरव देखि अमेरिका सम्म जाने सबै मुग्लानी भए ।

अव ‘मुग्लान’ शब्द बिछोड, रहर, पैसा, बाध्यता र मायाप्रेमको परिभाषा बनेको छ। पङ्गतिकार ले यहाँ ‘मुग्लान’ किन जोड्यो त ? यहाँ बिषय बस्तु नै बाध्यता, रहर, पैसा अनि मायाप्रेम बिच रुमल्लिएको ‘मुग्लानी’को कथा र ब्याथामा आधारित छ।

त्यसो त प्रख्यात बाँसुरी बादक रत्न बिक र गायिका कमला बिसीको जोडी आफैमा अब्बल र उदाहणिय छ। उनको जोडी देखेर प्रसंसा गर्ने र डाहा गर्नेको अलग्गै जमात छ । यो जोडीले हिजो मात्रै बजारमा ल्याएको ‘मुग्लान पारी ‘ नामको दशै गितले सो जोडीको थप चर्चा हुने निश्चित छ। पङ्तिकार आफै पनि ‘मुग्लान’मै भएको कारणले ‘मुग्लानपारी’को दर्शक रिभ्यु लाई यसरी समेट्न सकिन्छ।

हाम्रो देशमा सायदै कुनै घर होला , जस्को कुनै न कुनै सदस्य बिभिन्न कारणले मुग्लान पसेको नहोस। मुग्लान पस्दा पालेका रहरहरु ,भोगेका पिडाका चाँङ्गहरु फुकाउन हजार जिभ्रो भएको शेषनागले पनि सक्दैनन। झट्ट सुनिदा सबै रहरहरु बुझिने र सबै पिडाहरु समेटिने गरि’मुग्लान पारी’ बनेकोछ भन्ने कुरा दर्शकको मायाले पनि साबित गरेको छ ।

रत्न बिक कै स्वर रहेको र कमला बिसीको संगित रहेको यो दशै गितलाई हुम गैह्रेले लय दिएका छन् । करन चैसिरको भिडियो मेकिङ्गमा रश्मी शाह, अञ्जली अधिकारी, रत्न बिक, टिका सानु, बसन्त बर्मा, खगेन्द्र बिश्वकर्मा र भुवन चौलागाईको उत्कृष्ट अभिनय रहेको छ । बालकलाकारको रुपमा राशिका शिँह, ऋदम गन्दर्भ, पुजा खड्का, प्रशंन्न पाठक, अशिम महर्जन र सक्कम तामाङ्गको अभिनयमा हुम गैह्रेको निर्दैसन कौसलता देखिन्छ।

” गरिबीले हो नी आमा म प्रदेशी भाको, जति दुख गरेपनि छैन तलब आको,म आउन पाईन आमा…म आउन पाईन..दशैं र तिहारमा…” गित मर्मस्पर्सी छ । गितले केवल आमालाई मात्र हैन श्रीमति, छोराछोरी, बहिनी लगाएत सबै पक्षलाई समेटेको र छोएको छ। ” न्याउली चरी गाँउछ होला बिरहको भाका , मेरै बाटो हेर्दा हेर्दै थाके होलान आँखा , ढाँट्यो दाई भन्छ्यौ होला पाईएन एक हुन, यो तिहारमा मेरा बैनी मखमली नबुन, म आउन पाईन बैनी,म आउन पाईन….अहिलेको तिहारमा…”

मालिका डिजिटलले बजारमा ल्याएको यो कर्णप्रिय गितको दृष्य निर्माण बिशाल मुभिजले गरेको छ।यो रिभ्यु तयार पारुन्जेल गितले ३६ हजार भ्युज पाईसकेको छ । समग्रमा सबै पक्षलाई समेटेको गितले मुग्लानी मनलाई जित्ने पक्का छ । ” पारिवारिक भिडियो बनेको छ,सबैले माया गरिदिनुहोला ” गायिका कमला बिसीले टेलिफोन बार्तामा भनिन । समयसापेक्ष बनाउनकोलागि कोरोनाको कहरबाट मुग्लानीमा पारेको प्रभाव थप्न भनें निर्माणपक्ष चुकेको छ ।

समग्रमा गित मर्मस्पर्शी र कर्णप्रिय बनेको छ । ‘” चरा खस्ने तातो घामले निसासिन्छु जैले, आमा तिम्रो मुख देख्न पाउने होला कैले, रहर हैन बाध्यताले आएँ मुग्लान पारि, कहिले होला फर्काउने बन्दकी को बारि, म आउन पाईन आमा…..” आमा संगको यो पत्र रोदनले मुग्लान पसेका नेपालीहरूको बाध्यतालाई चित्रण गरेको छ। बोल माया फेम अञ्जली अधिकारी र दोहोरी क्विन टिका सानुको अभिनयका फ्यानहरुलाई यो भिडियोले निरास बनाउदैन।

रत्न बिक र कमला बिसी जोडीको मेहनत भिडियोमा देखिएको छ। देश नै सुनसान बनाईदिने यो ‘मुग्लान’ अनि रहर र बाध्यता बिच पिल्सिएको यो ‘मुग्लानी’लाई ‘मुग्लानपारी’ले सचित्र बर्णन गरिदिएको दर्शक रिभ्यु मा देख्न सकिन्छ। युट्युवमा अधिकाँश दर्शकहरुले पनि भिडियो ‘राम्रो’ बनेको प्रतिकृया दिएका छन । ” म अभिनय भन्दा पनि दोहोरीमा बढि चिनिन्छु तर गितको कर्णप्रिय आवाजले बहिनी बनेर अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्यो अनि कोसिस गरेकी छु ” गायिका टिका सानुले भनिन । ‘मुग्लान पारि’ले मन मात्र जित्दैन ब्यवसायिक रुपमा पनि सफल बन्नेछ कमसेकम दर्शक रिभ्युबाट यहि आंकलन गर्न सकिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया