कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बाँके । नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बाँकेमा मृत्यु हुनेको सँख्या १० पुगेको छ । शनिबार राती ११:३० बजे नेपालगन्ज उपमहानगरपालिका २१, पुरेनाका ५९ वर्षीया पुरुषको मृत्यु भएसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सँख्या १० पुगेको हो ।

फोक्सोको निमोनियाबाट ग्रसीत ति पुरुषलाई भदौ २० गते उपचारकालागि भेरी अस्पतालमा भर्ना गरीएको थियो । २१ गते कोरोना संक्रमण देखिएपछि प्लाज्मा थेरापीबाट उपचार हुँदै आएकोमा अवस्था झनै नाजुक भएपछि भेन्टिलेटरमा राखी उपचार सुरु गरीएको थियो ।

स्वास्थ्य अवस्था निकै नाजुक भएका ति ब्यक्तिलाई सबै प्रकारका विधि प्रयोग गरेर उपचार गरीएपनि बचाउन नसकिएको भेरी अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया