कोरोनाका कारण विश्वभर ६ सय ४५ नेपालीको निधन

काठमाडौँ । विदेशमा रहेका दुई सय ४४ जना नेपालीको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६ सय ४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको र हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङक्रमित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया