नेपाली सेनामा पहिलोपटक कोरोना संक्रमणबाट सैनिकको मृत्यु

काठमाडौँ । नेपाली सेनामा पहिलोपटक कोरोना संक्रमणबाट सैनिकको मृत्यु भएको छ। मृत्यु हुने सैनिक उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको रहेको नेपाली सेनाले जनाएको छ ।
भदौ २९ गते लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया