कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय नाघ्यो

काठमाडौँ — पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले बताए अनुसार मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेको छन्  । 

मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् । मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय १ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया