मध्यरातमा प्रहरीले ‘बलपूर्वक’ पुर्‍यायो डा. केसीलाई अस्पताल,उपचार नलिने अडान

काठमाडौं । मध्यरातमा प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट ‘बलपूर्वक’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई करिब ११ बजे प्रहरीले अस्पताल पुर्‍याएको हो ।

२९ भदौदेखि १९औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । तर डा. केसीले अस्पताल जान मानेका थिएनन् ।

माग पूरा गर्नुको साटो आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा , विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया