बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए

काठमाडौं । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् । उनको शब नहरमा भेटिएको हो ।

विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका सिमराका ३२ वर्षीय सूर्य मिश्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी अस्पतालमा बिजुली मर्मतको काम गर्दथे ।

मिश्रको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना हत्याजस्तो देखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया