इन्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्‍नाई सुपरकिंग्स विजयी

अबुधाबी — शनिबार इन्डियन प्रिमियर लिगको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ ।

अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाइले चार बलको खेल बाँकी छँदै आवश्यक रन बनाएको थियो । चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ७१ रन बनाए । यस्तै फाफ डु प्लेसिस ४४ बलमा ५५ रन बनाएर नटआउट रहे ।

गत वर्षको प्रतियोगितामा मुम्बईले चेन्नाईलाई हराएर उपाधि जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया