पेट्रोल बोकेको ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी

धादिङ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित धादिङ गल्छी गाउँपालिका–६ सत्केरी ढुङ्गामा पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
नारायणगढबाट काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर सडकबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ ।
नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३२ वर्षीय सुजित बोहोरा र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया