तीन दिनदेखि हराईरहेका व्यक्तिको शव भेटियो

बाँके । तीन दिनदेखि हराईरहेका बाँके डुडुवा गाँउपालिका ५ कम्दीका ४६ वर्षीय बलिराम दमाईको शव भेटिएको छ ।

तीन दिनदेखि हराईरहेका बलिराम डुडुवा ४ स्थित डुडुवा खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार बलिरामको शव खोला किनारमा भेटिएको कम्दी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरिक्षक सुरेन्द्र कुमार पन्तले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया