असोज ५ बाट उडान सुरु : पूर्ण क्षमतासहित यात्रु राखेर उडान गर्न पाइने

काठमाडौँ । आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले अब शतप्रतिशत सिट क्षमतामा नै यात्रु उडाउन पाउने भएका छन् । शुक्रबार मन्त्रालयमा बसेको बैठकले पूर्ण सिट क्षमतामा नै उडान गर्न दिने निर्णय गरेको हो ।

गत सोमबार मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर असोज ५ गतेबाट उडान गर्न अनुमति दिने निर्णय गरेको थयो । तर निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्ने बताउँदै मन्त्रालयमा असहमति राखेका थिए ।

मन्त्रालयले संघको माग बमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुन क्याबिनेट पुर्‍याएको थियो । क्याबिनेटले पनि मन्त्रालयको प्रस्तावमा सहमति जनाएपछि शुक्रबार मन्त्रालयले यस्तो निर्णय गरी नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ ।

‘२५ प्रतिशत मात्र उडान हुने, यात्रुले स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने छ,’ मन्त्रालयले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया