दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । आज चितवन र बुटवलमा गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १० का ६९ वर्षीय पुरुषको र रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिला रहेका छन् ।

भदौ २८ गते चितवनमा मेडिकल कलेज भरतपुरको आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।विहान ५ बजे रौतहटकी महिलाको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।चितवनमा कोरोना संक्रमितको भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाका मात्रै १७ जना छन् ।

यसैगरी बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराई रहेका बुटवलका पुरुषको आज बिहान १ बजे मृत्यु भएको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । निमोनियाको समस्या रहेका उनी भदौ २२ गतेदेखि नै आईसीयूमा उपचाररत थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया