चितवनमा कोरोना संक्रमित एक  युवकको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको गएराति मृत्यु भएको छ ।

२६ गते कोरोना पुष्टि भएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय पुरुषको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो ।चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया