बाँकेमा कोरोना संक्रमण भएका थप एक जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमण भएका थप एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार, नेपालगन्ज १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा आज बेलुका सवा ५ बजे मृत्यु भएको हो ।

बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएका पुरुषको दुवै फोक्सोमा निमोनिया भएको थियो । बुधबार रातिदेखि उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो ।

अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए उनको ३१ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि सोही दिन भेरी अस्पतालमा रिफर गरेको थियो ।

बाँके जिल्लामा कूल कोरोना संक्रमित एक हजार पाँच सय ४६ मध्ये एक हजार एक सय ३२ डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा चार सय ६ जना उपचारमा छन् । बाँकेमा कोरोनाले मृत्यु हुनेको कुल संख्या ९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया