देवदहका एक युवाले गरे क्वारेन्टिनमा आत्महत्या

बुटवल ।  देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन ।

आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वारेन्टिन सुरक्षागार्डका रुपमा बसेका एक स्थानीय युवाले आत्महत्या गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया