१२४६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुष गरी कुल १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । हाल १६ हजार २४१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १८२ जनाको आईसीयू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कति निको भए ?

पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म कुल ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

मृत्यु ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । आज मोरङमा ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको मृत्यु भएको हो । काठमाडौंमा ८७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

कहाँ कति संक्रमित थपिए ?

काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० जनामा छन् ।

यस्तै चितवनका १०१ जना, मोरङका ९४, मकवानपुरका ६३, सुनसरीका ५४, अछामका २२, प्युठान, बाँके र कैलालीका २१/२१ जना, पर्साका १९, डोटीका १७, धनुषा, कास्की, नवलपरासी १६/१६ जना, नवलपुरका १५, बर्दियाका १३, झापा, सर्लाही र सिराहाका १११/११ जना तथा बारा र दैलेखका १०/१० छन् ।

सप्तरीका ९ जना, कञ्चनपुरका ८, रौतहटका ७, महोत्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ४/४ जना, दोलखा, गोरखा र रुपन्देहीका ३/३ जना, काभ्रे, धादिङ र तनहुँका २/२ जना तथा उदयपुर, खोटाङ, धनकुटा, नुवाकोट, रामेछाप, लमजुङ, स्याङ्जा, कपिलवस्तु, गुल्मी, दाङ, पाल्पा, जाजरकोट, सुर्खेत, बझाङ र बैतडीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका साथै मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रुपन्देहीमा संक्रय संक्रमितको संख्या ५०० बढी छ ।

सोखलुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रिय संक्रमित शून्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया