कोरोनाको प्रत्यक्ष भोगाइ र परिवारले भोगेको तिरस्कार

१२/९/२०२०-नेपाल
गोपाल थापा

विश्वब्यापी महामारीको रुप धारण गरेको कोरोना भाइरस घटदो होईन प्रतेक दिन बढदो छ । विश्वलाई नै चपेटामा लिएको कोरोनाले नेपाललाइ पनि अछुतो राख्न सकेन । जस बाट शंक्रमीत तथा मृत्यु हुनेहरुको संख्या दिनप्रतीदिन बढदो छ। नेपालमा नेपालीहरु रोगले भन्दा रोगको त्राशले मर्ने अवस्था सिर्जना भएको छ ।

शब्दमा सुनेको कोरोना नामक महामारीले मलाइ पनि चपेटामा ल्याउला भन्ने सोचेको पनि थिइन। आज छुवाछुत अर्थात कोरोना पोजिटिभ भएको पाँच दिन भयो विश्वभरी फैलिएको अथवा फैलाइएको कोबिड-१९ कोरोनालाई मैले छुवाछुत बीमारी को नाम दिएको छ। कुनै पनि बीमारी लाई सानो सम्झिन हुँदैन। यो सत्य हो तर एउटा मामूली रुघा खासी भएकोलाई कोरोना पोजिटिभ भनेर आइसोलेसँनमा राख्नु यो नीति ठीक होइन यो बीमार आफ्नो शरीर बाट नै उत्पन्न हुने बीमारी हो। यो बीमारी कसै संग सम्पर्क भएर लाग्ने बीमारी होइन सर्व प्रथम त यो भन्दा पनि ठूला ठूला बीमारीहरु छन। अन्य बीमारी हुँदा हामी सबै बीमारीलाई भेटेर आत्मवल बढाउने गर्छौ बिडम्बना अहिलेको यो कोरोना छुवाछुत पोजिटिभ देखिएका व्यक्ति र उसको परिवारहरु लाई हामी सबैले तिरस्कारको भावनाले उनीहरुको जीवनलाई नर्क जस्तै किन बनाउछौ। तपाइँ हामी सबैले सोच्नु पर्ने विषय बनेको छ।

म त्यस्तो लेख्ने लेखक त होइन तर पनि आज यो लेख मार्फत आफ्नो भावनालाइ पोख्न मात्रै खोजेको हु। कोरोना सुनेको मात्रै थिए तर आज यसको भुक्तभोगी भएको छु। कोरोना छुवाछुत भन्ने बीमारीलाई विश्वव्यापी त बनायौ तर यो विश्व व्यापी बनेको हाम्रो सानो सोचले हो। जब सम्म छुवाछुत प्रविधि जस्तो सानो सोच तपाईं हाम्रो आत्मा देखि हट्दैन तब सम्म यो कोरोना छुवाछुत जस्तो बीमारी लाई जित्न सकिँदैन। यस्तो पाप तपाईं हामीले नगरौं सबैमा हार्दिक अनुरोध गर्दछु।

अरु बीमारी लाई झै यो कोरोना बीमारी लाई पनि सम्मान सहित जित्न सकिन्छ। मलाइ कोरोना पोजिटिभ देखिए पछि आइसोलेसनमा बसेको पाँच दिन भयो । यो पाँच दिनमा यहा भित्रको ब्यबहार र मेरो घर परिवारले भागेको तिरस्कारलाइ आज यहाँ साझा गर्न बाध्य छू। जसरी कोरोना फैलिएको भन्दा पहिला हाम्रो समन्ध थियो त्यस्तै हातेमालो गरेर जित्न सकिन्। पीडित र पीडित को परिवारलाई तिरस्कार दिएर टाढा बनाएर यसको उपचार हुँदैन । बरु स्वास्थ्या बचावका पूर्ण नियमहरु जस्तै मास्क लगाउनु, खास्दा रुमाल राख्नु, घर बाहिरा जादा सामाजिक दुरी कायम गर्नु जस्ता नियम अनिवार्य पालना गर्नुपर्छ।


पटक पटक साबुन पानीले हाथ धुने, घर बाहिर भिडभाडमा घुलमिल नहुने जस्ता साबधानी अपनाउन सकिन्छ। घर परिवार संग विश्व स्वास्थ्या संगठन भन्ने संस्था पनि हामी मानिसहरुको हो। भगवान होइन त्यो संस्था चलाउने व्यक्ति पनि तपाईं हामी जस्तै मानव नै हुन्। उसबाट पनि अनुसन्धान तथा नियम बनाउँदा गल्ती हुन् सक्छ। त्यसैले बीमारी जित्नलाई तपाईं हाम्रो हातेमालो हुनु पर्। आफु पनि बाचौ र अरुलाई पनि बाच्न दियौ।

(लेखक :प्रवासी नेपाली मञ्च भारतका केन्द्रिय सदस्य एवम् मदन भण्डारी ईस्पोर्ट एकेडेमी प्रवास इन्चार्ज हुन्।)

फेसबुकबाट तपाईको प्रतिक्रिया