नेपालमा बाढी-पहिरोले गरेको क्षतिप्रति एकता मंच भारतद्वारा दुख

१/८/२०२०-भारत

विगत केहि दिनदेखि देशभर परेको अविरल बर्षाको कारणले देशका बिभिन्न स्थानमा भएका बाढी ,पहिरो जस्ता घटनाका कारण नेपालका वस्तिहरूमा भएका क्षतिप्रति प्रवासी नेपाली एकता मंच भारतले एक विज्ञप्ती जारी स्तब्ध भएको जनाएको छ।

संयोजक लोकनाथ भण्डारीद्वारा जारी विज्ञप्तीमा कोरोना महामारीबाट पिडित भएको देश र जनतालाई बर्षको सुरुवात देखी नै अत्याधिक रुपमा बाढी र पहिरोका घटनाले झन धेरै पिडित बनाएको जनाएको छ।

त्यसै गरी एकता मंचले हरेक बर्ष हुने बाढी-पहिरो जस्ता प्राकृतिक विपतले ठुलो मात्रामा जनधन क्षतिग्रस्त बनाउने भएकाले दिर्घकालीन समाधान खोज्न सम्बधित निकायलाई आग्रह गरेको छ।

एकता मंचले प्राकृतिक विपतमा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढी ,पहिरो तथा दुवानमा परी मृतक भएका परिवारलाई क्षतिपूर्ति दिन ,बेपत्ता भएका नागरिकहरूलाई खोजी कार्य तिब्रताका साथ गर्न ,घाइते विस्थापित परिवारलाई उपचार र राहत कार्यलाई तत्काल अगाडि बढाउन नेपाल सरकारसङ्ग जोड़दार माग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया