क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि सरकारद्वारा विदेशबाट हुने उद्धार उडान स्थगित

१८/८/२०२०-नेपाल

सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ । कति दिनसम्म उद्धार उडान रोक्ने यकिन जानकारी आएको छैन ।

यसअघिका दिनमा सरकारले दैनिक ५ सयको संख्या नबढाई विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने निर्णय गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्‍न जिल्लामा लकडाउन भएकाले केही दिनका लागि उद्धार उडान रोकिएको जानकारी दिएको छ ।

नेपाल वायुसेवा निगमले पनि अगष्ट १८ देखिको उद्धार उडान तालिका अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया