नेपालीलाई भारत पठाउछु भनी ठग्ने मेखेन्द्र खत्री पक्राउपछि छुटे

१६/८/२०२०-बझाङ

नेपालबाट भारत जाने नेपालीलाई ठगेर पठाएको आरोपमा प्रहरी गिरप्तारीमा परेका बझाङका एक जना युवालाई प्रहरीले छोडेको छ ।

कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट भारत पठाई दिन्छु भन्दै रकम असुलेर अबैधरुपमा भारत पठाएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका बझाङको खप्तड छान्ना गाउँपालिका ४ घर भई धनगढी बस्दै आएका माइकल भनिने मेखेन्द्र खत्री प्रहरीले पक्राउ गरि छोडेको हो ।

नेपालबाट गएका ९ जनाबाट भाडा दर भन्दा प्रति ब्यक्ति बढी रकम लिएको र नाकाबाट अबैधरुपमा पठाएको आरोपमा प्रहरीले खत्रीलाई सुक्रबार पक्राउ गरेको थियो । सुदूपश्चिम टुर टार्भल्समा लामो समय देखि यात्रु ओसार पसार कार्यमा संलग्न रहेका खत्रीलाई उनले ९ जना ब्यक्तिहरुलाई अबैधरुपमा भारत पठाएको प्रहरीले भेटेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने खत्रीले धनगडीबाट भारत जाने यात्रुहरुलाई अबैधरुपमा पठाएको रहेकाले नियन्त्रणमा लिएका थियौ । उहाँले अहिले उहाँलाई आफन्तको जिम्मा लगाएर छोडिएको र थप अनुसन्धान भई रहेको समेत बताए ।

कोरोना भाईरसको संक्रमण बढे संगै सरकारले भारत आवत जावत गर्न प्रतिबन्ध समेत लगाएको छ । भारतको रासन कार्ड भएको ब्यक्ति र दुताबासको सिफरिस भए मात्र जान मिल्ने ब्यवस्था छ । लकडाउनको समयमा भारतबाट आउने नेपालीहरुलाई यातायत ब्यवसायीले ठगेको ब्यापक गुनासो समेत आएको थियो । अहिले नेपालबाट बसमा नेपाली १५ सय रुपयाँ भाडा दर भएपछि प्रति जना दुई हजार पैसा असुलेको स्रोतले बताएको छ । खत्री संलंग्न रहेको समुहले भारतबाट बैसाख नेपाल आएका अधिकाशं ब्यक्तिहरुबाट प्रति जना दुई हजार देखि तिन हजार पाँच सय सम्म लिने गरेको जनगुनासो समेत आएको थियो ।

यता मेखेन्द्र खत्रीले आफुले मान्छेहरुलाई पठाएको स्वाईकार गरेका छन् । उनले बोर्डरमा केटाहरुले प्रति जना पाँच सय थप रकम असुल गरेकाले यात्रुहरुलाई भारतिय प्रहरीले फिर्ता पठाए पछि नेपाली प्रहरीले समतेको बताए ।

-यो खबर खप्तड नेपाल डिजिटल पत्रिकाबाट साभार गरिएको हो

फेसबुकबाट तपाईको प्रतिक्रिया