नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुग्यो

१५/०८/२०२०

बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएसगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ।

वीरगन्जमा ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालम मृत्यु भएको हो । ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।

पर्सा कोरोनाबाट सबै भन्दा बढी संख्यामा मृत्यु हुने जिल्ला बनेको छ । साउन महिनामा मात्रै पर्सामा २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया