अन्तर्राष्ट्रीय मैत्री दिवसको अवसरमा नेपाल-भारतका युवाद्वारा दिल्ली विश्वविद्यालयमा वृक्ष-रोपण

३१ जुलाई २०२०
अन्तरराष्ट्रिय मैत्री दिवसको अवसरमा दिल्ली विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीद्वारा बिहिबार ‘नेपाल-भारत मैत्री वृक्षारोपण २०२०’ सम्पन्न भएको छ ।

नेप्लिज स्टुडेन्ट एसोसियशन दिल्ली विश्वविद्यालयमा अध्ययनरत मानविकी संकाय अन्तर्गतका विद्यार्थीहरुद्वारा दिल्ली युनिभर्सिटी स्टुडेन्टस् युनियनको सहकार्यमा पवित्रताको प्रतिक मानिने पाम र पीपलको विरुवा रोपिएको थियो ।

राजनीतिक र कुटनीतिक रुपमा जस्तोसुकै विवाद भएपनि नेपाल-भारत दुई देशबीचको मैत्री सम्बन्ध जन-स्तरमा मजबुत रहेको संदेश वृक्षारोपण कार्यक्रमले दिएको थियो।

दुवै देशका युवाहरुले परापूर्वकालदेखि नेपाल-भारतबिच भौगौलिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले त्यति सहजै सम्बन्ध नबिग्रने समारोहमा बताएका थिए ।

रेशम कुमार गैरेको अध्यक्षतामा बिहीबार आयोजित उक्त समारोहमा नेप्लिज स्टुडेन्ट एसोसियशन दिल्ली विश्वविद्यालयका पूर्व सल्लाहकार तथा (WOSY) का पूर्व अन्तर्राष्ट्रिय सचिव सन्दीप राणा र दिल्ली विश्वविद्यालयका रिसर्चर स्कोलर आनंद श्रीवास्तव प्रमुख अतिथी रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया