भारतमा एकै दिन ३८ हजार कोरोना संक्रमित थपिए

२० जुलाई २०२०
भारतमा एकै दिन ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आइतबार ३८ हजार ९ सय २ संक्रमित थपिएका हुन्। एक दिनमा मृत्यु हुनेको संख्या ५ सय ४३ छ। 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या १० लाख ७७ हजार ७ सय ८१ पुगेको छ भने २६ हजार ८ सय १६ जनाको मृत्यु भइसकेको छ। भारतमा ६ लाख ७७ हजार ४ सय २३ जना संक्रमणमुक्त भइसकेका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया