पपुवा न्यूगिनीमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

१७ जुलाई २०२० : पपुवा न्यूगिनी
पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट ८५.५ किलोमिटर गहिराईमा रहेको बताइएको छ । सो शक्तिशाली भूकम्प पश्चात त्यहाँ सुनामी आउन सक्ने भन्दै सचेत रहन सर्वसाधारणलाई भनिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

अहिलेसम्म क्षतिको विवरण भने आइसकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया