भारतबाट नेपाल पैसा पठाउन प्रभु मनि ट्रान्सर्फर र जल्दी क्यास बीच सम्झौता

१४ जुलाइ २०२०
भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सेर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ।

सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट योगेश मिश्रले हस्ताक्षर गरेका छ्न।

मंगलबारदेखि भारतमा काम गर्ने नेपालीले जल्दी क्यासका १०,००० भन्दा बढी सन्जालबाट सरल, सहज र सुरक्षित तरिकाले नेपाल पैसा पठाउन सक्नेछन् ।


भारु ३०,००० सम्म १५० शुल्क र ३०,००० देखि ५०,००० सम्म २०० शुल्कमा नेपालका कुनै पनि बैक खातामा पैसा पठाउन सकिनेछ। त्यसै गरि प्रभु बैकका ८००० भन्दा बढी संजालबाट पनि पैसा निकाल्न सकिनेछ ।

बिगत ८ बर्षदेखि भारतमा नेपालीको हितमा काम गर्दै आएको प्रभु बैकले २० भन्दा बढी भारतिय कम्पनीसग मिलेर काम गर्दै आएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया