“कि रोजगारी दे, कि कोरिया जान दे” भन्दै युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन

८ जुलाई २०२०
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा पास गरि रोजगारमा जान नपाएका युवाहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

इपीएस पास गरेर उडानको प्रतिक्षामा रहेका युवाहरुले दक्षिण कोरिया जाने वातावरण सृजना गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु…’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । उडानको प्रतिक्षामा रहेका कामदार पठाउन सरकारसँग उनीहरुको माग छ। सरकारी समन्वयको अभावमा रोजगारी गुम्ने चिन्तासमेत उनीहरुले व्यक्त गरेका छन्।

लकडाउन सुरु भएसँगै सरकारले हवाई सेवा रोकेकाले कामदारहरु रोकिएका हुन्। चार महिनादेखि कामदार जान पाएका छैनन्। भाषा परीक्षा पास गरेर उडानका तालिका आएकासमेत अकस्मात रोकिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया