साउदी अरबमा ६९ नेपालीले पाए Exit Visa, ६० दिन भित्र नेपाल फर्किसक्नु पर्ने

२ जुलाई २०२० नेपाल
साउदी अरबमा विभिन्न कारणले बहिर्गमन भिसा नपाएका र भिसा नविकरण नभएकाले नेपाल फर्किन नपाएका ६९ जना नेपालीले दूतावासको पहलमा बहिर्गमन भिसा पाएका हुन।

बिहिवार दूतावासले एक सुचना जारी गरि जानकारी दिएको हो ।

यस अघि १३५ जनाले भीसा प्राप्त गरेको सूचना प्रकाशित गरिसकिएको छ । यसरी २०४ जनाले यस प्रकारको भीसा प्राप्त गरेका छन् । भीसा लागेकाहरु भीसा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ ।

आगामी हफ्ता रियाद तथा दम्मामबाट केही उडानहरु हुने भएकाले यी उडानबाट स्वदेश फर्कने प्रयास गर्नुहुन भीसा लागेका सबैलाई दूतावासले अनुरोध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया