कोरोना भाइरस र विधार्थी जीवन

कोरोना भाइरस अर्थात COVID-19 ले यतिबेला पुरै संसार अपराधी जसरी नजरबन्दमा बस्नुपरेको छ। सम्पुर्ण बिश्व धराशाही बनाएको छ। बिश्व बिख्यात प्रबुद्ध समुहहरुले यस बर्ष कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रको वृद्धिदर सन २००९ पछिकै सुस्त गतिमा रहने प्रक्षेपणहरु निकाली रहेका छन। बेलायत, अमेरिका लगायत सम्पुर्ण बिस्वमा बेरोजगारी दर इतिहासकै उच्छ स्थानमा पुगेको छ, पुँजी बजारदेखि हरेक उद्दोग धन्दाहरु थिलो-थिलो परेका छन।दैनिक ज्यालादारी मजदुरहरु भोकमरिको सिकार हुँदैछन। हरेक क्षत्रका Stakeholder हरु यतिबेला प्रशव पिडामा बाँचिरहेछन। यसैबिचमा औपचारिक शिक्षामा संलग्न बिद्यर्थिहरुको अवस्थापनी कम दयनिय छैन।एकातर्फ विश्व महामारीले आजको पुस्तालाइ मनोबैज्ञानिक असर पारेको छ भने अर्कोतर्फ नजिकिँदो विभिन्न तहको परीक्षा, नियमित कक्षाहरु संचालनमा बाधा लगायतका कुराहरुको पिरलो छुट्टै छ। घोषणा भैसकेका परिक्षाहरु अनिस्चितकालका लागि स्थगित हुँदा पर्ने मनोबैज्ञानिक दबाब सायदै बिद्यार्थिहरु बाहेक अरुले बुझ्न सक्लान।

लकडाउन प्राभाव:
जसरी समाज, राज्य र बिश्वका हरेक तह र तप्कामा महामारिको बर्चस्व छ त्यसरी नै बिद्यार्थी जिवनमा पनि आफ्नै प्रभाव र भोगाइ छन।बिद्यार्थीहरुमा यसको प्रभाव विभिन्न तहअनुसार अलिक भिन्न प्रकृतिका छन।कैसैका नियमित कक्षाहरु रोकिएका छन भने कसैका परिक्षाहरु रोकिएका छन, जसले गर्दा अगाडि के वा अब के? भन्ने प्रश्न उनिहरुका आगाडी त्यार्सिएको छ। बर्षभरी पढेका बिषयहरु बिर्सदै गइने हो कि भन्ने त्रास विद्यार्थीहरुमा पैदा भएको छ। उता विभिन्न प्रोफेसनल बिषय पढ्ने बिद्यार्थिहरुको नियमित तालिम,  थेसिस र रिसर्च जस्ता कुराहरु अड्किरहेको अवस्था छ। मनमा कोरोनाको त्रास अनि दिमागमा रोकिएको शैक्षिक क्रीयाकलापका बिषयले यथस्ट ठाउँ पाउन थालेका छन।

भनिन्छ ´खाली दिमाग, सैतानका घर` भनेर, यो उक्ति यतिबेला समाजका हरेक बर्गलाइ सरुवा रोग जसरी सरिरहेछ, सँगै बिद्यार्थिहरुलाइ पनि यसले अछुतो राखेको छैन। बर्तमानमा स्थगित शैक्षिक क्रीयाकलाप र भविस्यको अँध्यारो बादलको डरले बिद्यार्थिहरुको मन अताल्लिएको छ। धेरै जसो यो मुस्किलको समय कसरी ब्यतित गर्ने भन्ने कुरामै अन्योल ग्रस्त छन।आजभोली उनिहरुको दैनिकी बिहान अबेर उठ्ने, मोबाइलमा गेम खेल्ने, social media लगायतमा व्यातित भएको छ। सरकारले पनि उनिहरुलाइ उचित ब्यवस्थापन गर्ने कुनै किसिमको Guidelines तयार पार्न सकेन तथापी यतिबेला संकटको सामना नै प्रमुख बिषय हो।

भारतमा दिल्ली सरकारले विभिन्न तहका बिद्यार्थीहरुलाइ उनिहरुकै क्षमताका आधारमा गृहकार्यहरु दिने लगायत अनलाइन क्लासहरु संचालनको ब्यवस्था गरेर जिम्मेवार सरकारको उदाहरण प्रस्तुत गरिरहेछ। बिद्यार्थिको आवस्यक्ता अनुसार शिक्षक जतिबेला पनि उपलब्ध हुनुपर्ने भन्ने निर्देशन जारी गरेको छ भने, SMS का माध्यमबाट विद्यार्थीहरुलाइ गृहकार्य दिने र पछि बिद्यालय खुलेपछी आन्तरिक जाँचबाट बिद्यार्थिलाइ पुरस्कृत गर्ने ब्यवस्था गरिसकेको छ। यसो गर्दा विद्यार्थीहरु रचनात्मक कार्यमा संलग्न हुने र महामारिको मनोबैज्ञानिक असर कम हुने उनिहरुको विश्लेषण छ। यता नेपाल सरकार भने विद्यार्थीहरुको भविस्यका बारेमा अन्योलग्रस्त बनिरहेको अवस्था छ।ऐले सरकारले विद्यार्थीहरुका निम्ति एउटै मात्र काम गरिरहेको छ, त्यो हो- हरेक तहका नजिकिँदा परिक्षाहरु अनिस्चितकालका लागि स्थगित गर्ने। त्यो बाहेक सरकारले अरु कुनै जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने बारे जान्ने चेष्टा समेत गरेन।

त्यसो त केही दिन अघि मात्र नेपाल सरकारले अनलाइन कक्षा सम्बन्धी आचारसंहिता सहितको निर्देशन बिद्यालय र बिश्वबिद्यालयहरुमा जारी गर्ने १ थान सस्तो निर्णय नगरेको होइन। तर, त्यसलाइ कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा मौन बस्यो। बरु उल्टै, विश्वविद्यालय तहका बिद्यार्थिहरुलाइ अनलाइन कक्षमा उपस्थित हुँदा अनिवार्य बिद्यालय पोसाक लगाउनुपर्ने एवं शिक्षकहरुलाइ सम्मान साथ बोलाउनु पर्ने भन्ने जस्तो समान्य बिषयपनि आचारसंहितामा समाबेस गरेर आचारसंहिताकै भद्दा मजाक गरिरहेछ। के हाम्रो पढाइको गुणस्तर अब पोसाकमा नाप्ने हो? बिना पोसाक बिद्यार्थीले अध्यन गर्न सक्दैनन? म त भन्छु, यो पोसाक भन्ने कुरा नै हटाउनु पर्छ, कक्षा कोठा भत्काउनु पर्छ, किताब घोकाउन बन्द गर्नुपर्छ, बिद्यार्थिहरुलाइ जिवनौपयोगी शिक्षा दिनुपर्छ, Practical Education दिनुपर्छ। अरु देशका बिश्वबिद्यालयहरु अनुसन्धान गर्छन, खोज गर्छन, नयाँ नयाँ तथ्य पत्ता लगाउँछन, हाम्रा बिस्वबिद्यालयहरु जाबो अनलाइन क्लास संचालन गर्दापनी यो र त्यो आचार संहिताका नाममा अनिवार्य पोसाक र शिक्षकलाइ आदर गर्नुपर्छ भनेर सिकाउँछन। त्यस्तै, बिद्यार्थिहरुलाइ ईन्टरनेटको सहज पहुँच बिना जारी गरिएको त्यो निर्देशन हात्तिको देखाउने दाँत सिवाय अरु केही हो जस्तो मलाइ लाग्दैन।

सरकारले ढिलै भएपनि अनलाइन कक्षा संचालनको निर्णय गर्नु आफैँमा प्रशंसनिय काम थियो तर त्यसको ब्यवस्थापनमा ध्यान नदिँदा सरकार विद्यार्थीहरु माझ अझ गैरजिम्मेवार साबित हुन पुगेको छ। यदि जिम्मेवार सरकारको उदाहरण प्रस्तुत गर्ने हो भने सरकारले ईन्टरनेट सेवालाइ सहज बनाउन जरुरी छ भने आचारसंहिताका नाउँमा गरेका मजाकहरुलाइ पुनरावलोकन गर्न जरुरी छ। समान्य अवस्थामा पनि अनलाइन क्लास स्वभाविक भएको आजको युगमा विशेष परिस्थिथिमा पनि कुसल ब्यवस्थापन मार्फत यसला अगाडि बढाउन नसक्दा सम्बन्धित ब्यक्तिहरुको निर्णय क्षमता र उनिहरुको शिक्षाप्रतिको बुझाइमा नै प्रश्न चिन्न खडा भएको छ।

कसरी सदुपयोग गर्ने?
यतिबेला सम्पुर्ण मानवजगत नै ऐतिहासिक संकटबाट गुज्रिरहेको छ, यो असामान्य परिस्थितिलाइ पनि धैर्यतापुर्वक मनन गरेमा सदुपयोग गर्न नसकिने होइन। अझ बिद्यार्थिहरुका निम्ति यो समय थप अध्यन, अनुसन्धान एवं रचनात्मक क्रियाकलापमा ब्यतित गर्दा त्यसले दिने नतिजा धेरै उन्नन हुन सक्छ। भनिन्छ, बिनास पछि बिकास अवस्यम्भावी छ। यतिबेला विश्व लकडाउन मार्फत उर्जा भरिरहेको र कोरोना पश्चात् विश्व अत्यन्तै फरक हुन सक्ने आँकलनहरु पनि गरिएका छन। Pre- pendamic र Post- pendamic विश्व परिबेस, अर्थतन्त्र र शक्ति सन्तुलनका बारेमा चर्चाहरु सुरु भैसकेका छन।यस्तो अवस्थामा बिद्यार्थिहरु यो समयलाइ कसरी उपयोग गर्दा भविस्यका निम्ति फाइदाजनक हुनसक्छ भन्ने बिषयमा सोँच्न जरुरी देखिन्छ।ऐलेको खाली समयमा विभिन्न किसिमका मनोबैज्ञानिक तनाबहरुलाइ विद्यार्थी आफँले व्यवस्थापन गर्न सकेमा र धैर्यपुर्वक सोँचेमा यसले पुर्‍याउने लाभ धेरै हुनसक्छ।म आफैँ पनि विद्यार्थी भएकाले यो बन्दाबन्दिको समय कसरी सदुपयोग गर्ने भन्ने चिन्तनमा हुनु स्वभाविक भएको र मेरो बिबेकानुसार यो परिस्थितीको सदुपयोग गर्ने विभिन्न तरिकाहरु यहाँहरुमाझ राख्न चहान्छु।

पहिलो, हाम्रो औपचारिक अध्ययनलाई निरन्तरता दिनुनै हो। बन्दाबन्दी अनिश्चितकालिन भएपनी यसको अन्त्य निकट छ र त्यस्पस्चात रोकिएका परिक्षाहरु हुनेनै छन, त्यसैले हाम्रो अधुरो रहेको पढाइलाइ निरन्तरता दिनु हाम्रो पहिलो कर्तब्य/आवस्यकता हो। दोस्रो, हामिले औपचारिक शिक्षाका अलावा अरु थुप्रै पुस्तकहरु पढ्न सक्छौँ, आफ्नो रुचिअनुसारका अनेक ज्ञान लिने यो उत्तम समय हो, यसलाइ सहि तरिकाले सदुपयोग गर्न सकेमा हाम्रो समान्य ज्ञान धेरै हदसम्म सुधार्न/बढाउन सकिन्छ। तेस्रो, यो समय हामी भित्र रहेका अन्तर्निहित प्रतिभाहरु  प्रस्फुटन गर्ने र हामीमा रहेको रचनात्मक्ता प्रस्तुत गर्ने समयको रुपमा पनि लिन सकिन्छ। हामी आफ्नो रुचि अनुसारका रचनात्मक क्रीयाकलापमा सहभागि हुन सक्छौँ। चौथो, सम्बन्ध सुधार गर्ने:- बिगतमा हाम्रो अध्ययन वा अन्य कामको ब्यस्तताका कारण दरार सिर्जना भएका हाम्रा थुप्रै पुराना सम्बन्धहरुलाइ पुनर्ताजगी दिन सक्छौँ। टुटेका सम्बन्ध जोड्न देखि नयाँ सम्बन्धहरु गाँस्न यो समयको सदुपयोग गर्न सकिन्छ। पाचौँ, आफैलाइ चिन्ने मौका:- यो समयमा हामी आफैँलाइ नियाल्न सक्छौ, आफ्नो मनको मैलो धुन प्रयोग गर्न सक्छौ। हाम्रा कतिपय खराब आदत छुटाउने मामलामा यो समय कोशेढुङ्गा साबित हुनसक्छ।आफ्ना कमिकमजोरिहरु औल्याउँने र त्यसलाई सुधार्न तर्फ लाग्यौँ भने यो अवधी पश्चात् पुनर्जीवन प्राप्त गर्न सक्नेछौं। माथी भनिएका बाहेक थुप्रै क्रीयाकलापमा सहभागी भएर पनि यो समय सदुपयोग गर्न सकिन्छ, भनिन्छ नि ´जहाँ इच्चा, त्यहाँ उपाय`।

((लेखक लक्ष्मीनगर न्यु दिल्ली भारतमा सीए अध्यानरत छन)

फेसबुकबाट तपाईको प्रतिक्रिया