कतारबाट १५४ नेपाली स्वदेश आइपुगे

१ जुलाई २०२०
आज कतारको दोहाबाट १५४ नेपाली स्वदेश आइपुगेका छन् । आज स्वदेश आइपुग्नेमा ६ महिला र १४८ जना पुरुष छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई कतारमा रहेको नेपाली राजदूतावाससँगको समन्वयमा उनीहरू नेपाल फर्किएका हुन् ।

उनीहरूलाई बिदाइ गर्न दूतावासका अधिकारीहरूको पनि विमानस्थलमा उपस्थिति रहेको दूतावासले जनाएको छ । उनीहरू दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्स चार्टर्ड उडानबाट स्वदेश आएका हुन् ।

यो उडान दोहाबाट भएको पहिलो चरणको सातौं उद्धार उडान हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया