साउदी अरबबाट २७ र २९ जुनमा नेपाल जाने हवाई उडान परिवर्तन भएको सुचना

२७, जुन, २०२०
साउदी अरबबाट २७ र २९ जुनमा नेपाल जाने हवाई उडान परिवर्तन भएको अत्यन्त जरुरी सुचना

१. हिमालय एयरलाइन्सले दमामबाट गर्ने भनिएको २७ जुन २०२० काे उडान प्राविधिक कारणले २९ जुन २०२० का लागि निर्धारण (reschedule) गरिएकाे जानकारी हिमालय एयरलाइन्सबाट राजदुतावासमा प्राप्त भएकाे छ ।


२. नेपाल एयरलाईन्सले रियादबाट गर्ने भनिएकाे २९ जुन २०२० काे उडान तालिका परिवर्तन गरी ३० जुन २०२० का लागि तय भएकाे जानकारी नेपाल एयरलाईन्सबाट प्राप्त भएकाे छ।


तसर्थ, यी दुवै उडानमार्फत् स्वदेश फर्कन लागि टिकट खरिद गरिसक्नु भएका यात्रुमहानुभावहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्नुहुन जानकारी अनुराेध छ । यस विषयमा थप जानकारी आवश्यक भएमा टिकट खरिद गरेकाे ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया