सुनको मूल्य अहिलेसम्मकै महँगो, अब बिहमा सुन किन्न मुस्किल पर्ने

२५ जुन नेपाल
सुनको मूल्यले इतिहासकै सबैभन्दा महंगो रेकर्ड बनाएको छ । यदी अहिलेको अवस्थामा कसैले बिहे गर्ने हो भने बिहेको ७० प्रतिशत खर्च गरगहनामा हुनेछ।

बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया