प्रवासी नेपालीको दु:खमा मल्हमपट्टी लगाउदै दुई युवा

नयाँ दिल्ली /२४ जुन

समयले सबैलाई मौका दिँदैन र अवसर पनि दिँदैन। धेरैले मौकाको सदुपयोग पनि गर्दैनन् तर जसले गर्छन् उनीहरूले इतिहासको पानामा नाम लेखाउँछन्। नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादव बिपी कोइराला बिरामी हुँदा चिकित्सकको रूपमा काम गरेका थिए, उनले बिपीको निस्वार्थ रूपमा उपचारमा गरे, नेपाली कांग्रेससग नजिक हुने मौका पाए र फल स्वरूप नेपालको पहिलो राष्ट्रपतिको रूपमा आफ्नो नाम लेखाउने अवसर पाए।

आज हामी कोरोना जस्तो महामारी भारतमा नेपालीलाई उद्धार गर्ने योद्धाको कुरा गर्दै छौ। यो महामारीमा नेपाली दूतावासले अलपत्र नेपालीलाई कुनै पहल गरेन। तर दूतावासलाई बिर्साउने गरी नेपाली युवाहरूले काम गरे। खाध्यानदेखि लिएर बस रिजभ गरेर नेपाल पठाउनसम्म उनीहरू अहोरात्र खटे। त्यी दुई योद्धा हुन् आर बि खड्का र सन्दीप राना। खड्का एकता मञ्चका सचिव हुन् भने राना अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठान भारतका संस्थापक हुन।

भारत सरकारले लकडाउन गरेको २/३ दिन भित्र आनन्द बिहरमा ५००/६०० नेपाली अलपत्र थिए उनीहरूलाई नेपाल बोडरसम्म पठाउन खड्का र रानाले ठुलो सहयोग गरे। रानाले भारतीय प्रशासनको सहयोगमा नेपालीलाई पास मिलाएर बसमा बोडरसम्म पठाए, त्यसै गरी खड्काले नेपालको प्रसाशनसग समन्वय गरी नेपाल जाने वातावरण तयार पारे।लकडाउनले गर्दा भारतमा धेरै नेपालीले दुख पाए,कतिसँग कोठा भाडा नहुने, कतिसँग खाना नहुने।खड्का र रानाले सामाजिक सञ्जाल मार्फत म्यासेन्जरमा एउटा समूह तयार गरे जसमा भारतमा भएका विभिन्न नेपाली सङ्घ सस्थाहरुका केहि व्यक्ति ,व्यवसायी ,पत्रकार ,समाजसेवी ,राजनैतिक दलका केही व्यक्ति आदिलाई जोडे । उनीहरूको मार्फत भारतका विभिन्न राज्यमा अलपत्र भएका नेपालीहरूको टिपोट गरी तत्काल उद्धारमा जुटे ।

उत्तर प्रदेशको रामपुरमा क्वारेन्टाइनमा अवधि पुरा भई बसेका देखि सुत्केरी महिला ,बालबच्चा ,आदिलाई खाने बस्ने व्यवस्था समेत गरे । त्यति मात्र हैन उनहिरुको पहुँच नभएको स्थानमा तत्काल पेटियम (डिजिटल भुक्तानी) मार्फत नजिकैको पसलमा समान किन्न लगाएर तिरी दिए ।

भारतमा दूतावास त छ केवल पहुँच वालाको लागि मात्र एक जना वीरगन्ज घर बताउने श्यामलाल यादवले बताए । तीर्थ यात्राको लागि हरिद्वार आएका उनीहरू करिब २५ -३० जना रैछन केही दिन त यहाँको प्रशासनले राम्रै गर्‍यो पछि १४ दिन पुरा भएपछि उनीहरूलाई वास्ता गर्न छोडेको बताए ।पछि एक जना खै मैले नाम भुले उहाँले राना भन्नेलाई नम्बर दिनु भएछ राना जीले हामीलाई सम्पर्क गर्नु भयो हामीले सबै बतायौ तुरुन्तै त्यहाँको प्रशासन मलाई खोज्दै आयो र हामीलाई पहिलाको जस्तै सुविधा दियो । उनी थप्छन् खै राना जी दूतावासको मान्छे रहिछ होला भन्ने सोच्यौ त्यही भएर हामीलाई पहिला वास्ता नगरेको प्रशासनले अहिले उहाँले फोन गरेपछि एक दम सुविधा दिएको ठानेका थियौ पछि थाहा भयो उहाँ त सामान्य मान्छे रहिछ हाम्रो लागि भगवान् नै बन्नु भयो ।

श्यामलाल त यौटा प्रतिनिधि पात्र मात्रै हुन् भारतमा लाखौँ श्यामलाल अलपत्र छन् ।तीर्थ यात्रा,उपचार ,घुमघाम ,आदिको लागि आउने थुप्रै नेपाली भारतमा आजको दिनमा पनि अलपत्र छन् ।

दूतावास दिल्ली र दिल्ली आसपासमा मात्रै सीमित छ अझै भनौँ राजनैतिक दलका शीर्ष नेता वा उनीहरूको परिवार /आफन्तको चाकडीमा लिप्त छ ।विभिन्न समयमा विज्ञप्ति मात्रै निकाल्ने बाहिर केही नबोल्ने न त अलपत्र परेका नेपालीको बारेमा जनाकारी नै लिने यस्तो छ दूतावासको हालत ।

अब आफै भन्नुहोस् सामान्य व्यक्तिले भारतमा अलपत्र परेका लाखौँ नेपालीलाई उद्धार गर्न सक्छन् भने दूतावास त राज्यको अङ्ग हो अझै भन्ने हो भने प्रवासमा रहेका नेपालीहरूको अभिभावक हो ।अभिभावक भने चिर निद्रामा छ तर यी दुई नाबालकले भने सबैको मन जिते ,निस्वार्थ राजदूतको भूमिका निर्वाह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया