साउदीबाट २६ र २७ जुनमा तेस्रो र चौथो उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२३ जुन, २०२०
हिमालय एयरलाइन्सको साउदी अरबको दमामबाट यही मिति २६ र २७ जुन २०२० मा दमामबाट काठमाडौँ उडान हुने भएको छ ।


उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।
उक्त सूचि यसै सूचनामा समेत संलग्न छ ।

सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००)


हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: [email protected] मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला ।

अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।

COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Dammam
Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Jubail
Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Email: [email protected]
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

• यस अघि मिति २०७७ असार १ र ३ गते हिमालय एयरलाईन्सलाई पठाइएको पहिलो र दोस्रो सूचिमा बाँकी रहेकाहरुले समेत टिकटका लागि एयरलाईन्सको माथिको ठेगानामा सम्पर्क गर्नुहोला ।
• भिजिट भिषा र Re-Entry भिषाको अवधि सकिएकाले भिषा नवीकरण गर्नुहोला ।
• यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
• स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया