पाकिस्तानी सेनाको गोली लागेर भारतीय सेनामा कार्यरत गुल्मीका युवाको मृत्यु

२३ जुन २०२० नेपाल
भारतको जम्मु-कश्मिरमा भएको गोलबारीमा परी एकजना गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका- ५, खर्ज्याङ घर भएका दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी मृत्यु भएको हो ।

जम्मु कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरस्थित लाइन अफ कन्ट्रोलमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए । ३/५ गोरखा राइफल्समा हवल्दार पदमा कार्यरत कार्कीको मृत्युबारे भारतीय सेनाले समेत पुष्टि गरिसकेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी सोमबार बिहान साढे ५ बजेतिर पाकिस्तानी सेनाले गरेको गोलाबारीमा परी गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

१८ वर्षअघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीको परिवार शव बुझ्न गोरखपुर गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया