अन्धाधुन्ध गोली चल्दा अमेरिकामा २ जनाको मृत्यु, ७ घाइते

२२, जुन, नेपाल
मेरिकाको नर्थ क्यारोलाइनामा आइतवार राति भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

गोलीबाट बच्नका लागि भाग्दै गरेका पाँच अन्यलाई कारले हिर्काएका थिए । शार्लेटमा मध्यरात गरिएको पार्टीमा घटना हुँदा भीड तितरबितर भएको थियो 

प्रहरी बीयट्टिस फोर्ड रोड नामक घटनास्थलमा आइपुग्दा सडकमा सयौं मानिस थिए । 

आपतकालीन सेवाहरू आइपुग्दा अनेकौं गोली चलेको शार्लेट–मेकलेनबर्ग प्रहरी डेप्युटी चीफ जोनी जेनिङ्सले बताए । 

जेनिङले गोली चलाउनेहरू भएको एकभन्दा बढी भएको प्रमाण रहेको बताए तर सोमवार बिहानसम्म कसैलाई हिरासतमा लिइएको छैन ।

भाग्दै गरेका पाँचजनालाई गाडीहरूले हिर्काएका थिए र तिनलाई अस्पताल लगिएको थियो । अन्य सात घाइतेलाई पनि सँगै लगिएको थियो । 

अस्पतालमा रहेका १२ जना घाइतेको अवस्था स्पष्ट भएको छैन । 

फेसबुकबाट तपाईको प्रतिक्रिया