साउदी अरबमा भिसा समाप्त भएका नेपालीलाई स्वदेश फर्कने सम्बन्धित अत्यन्त जरुरी सूचना

२१ जुन, नेपाल
नेपाली राजदूतावास साउदी अरबले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिषा (Exit Visa) सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीषा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ । वहिर्गमन भीषाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भैरहेको छ ।

यो प्रकृयो थालनी स्वरुप सरकारले हालसम्म ७४ जना नेपालीहरुलाई बहिर्गमन भीषा जारी गरेको छ । यसरी भीसा लागेकाहरु भीषा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ । स्वदेश फर्कने उडान र मिति आदिका बारेमा चाँडै जानकारी गराइने छ ।

साथै, बहिर्गमन भीषाका लागि आवेदन दिएका र दिन बाँकी रहेकाहरुका लागि समय समयमा सूचना जारी गरी जानकारी गराइने भएकोले धैर्य गरी बस्नुहुन नेपाली राजदूतावास साउदी अरबले अनुरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया