भारतबाट मान्छे आए कि कोरना आयो भन्ने ठान्छन् गाउँ-घरमा

२०, जुन, नेपाल
अहिले हरेक दिन पक्षिम नेपालका विभिन्न जिल्लामा भारतमा काम गर्ने नेपाली आफ्नो गाउँमा फर्कदा कोरना आयो भन्ने संन्त्रासले सबैलाई चिन्ता बढेको छ ।

कोरना भाइरस कोबिड १९ को संक्रमणको डर त्रसले संसारभर बन्दी भए पछि रोजगारीको लागि भारतमा रहेका युवा जनशक्ती गाउमा फर्किरहेका छन ।

प्रदेश नम्बर ५,६ र ७ नम्बरमा देशका विभिन्न जिल्ला र कामको खोजिमा भारत गएकाहरुको घरमा फर्कने क्रमले निकै तिब्रता पाएको छ ।

भारतले लकडाउने गरे पछि १० लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छ्न।

गाउँघरमा भारतबाट आएकालाई कोरोना लागे झै गरी नबोल्ने, उनीहरुले हिड्ने बाटो नहिड्ने, उनीहरुले प्रयोग गरेका सामान नछुने जस्ता काम हुँदै आएको छ। १४ दिनको क्वारेन्टाइन बसाइ सकेर घर फर्कदा नि आफुहरुलाइ शंकाको नजरले हेर्ने गरेको भारतबाट फर्केका नेपालीले बाताए।

समाजले हेर्ने नकारात्मक दृस्टिकोणको कारण अर्घाखाँचीमा क्वारेन्टाइनमा बस्ने एक जनाले आत्महत्या गरेका छ्न ।

कोरना भाइरसका कारण जनजीवन अस्तब्यस्त भै भारतबाट आफ्नो घर फर्केका हरेक नागरिकले क्वारेन्टाइनमा सामाजिक दुरि कायम गरि अनुशासित भएर बस्न स्थानिय सरकारहरुले आग्रह गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया