विदेशमा निधन भएका २४ नेपालीको शव आज स्वदेश ल्याइदै (नामावली सहित)

१९, जुन, नेपाल
विदेशमा ज्यान गुमाएका २४ नेपालीको शव आज काठमाडौं ल्याइदै छ।
कतारबाट २० र अन्य देशबाट ४ वटा शव दिउँसो काठमाडौं आइपुग्ने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
कतार सरकारको सहयोगमा कतार एयरवेज शुक्रबार दिउँसो १२ बजे ४३ जना नेपाली र २० वटा शव लिएर आउँने छन्। यी मध्ये ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी बोर्डले घरसम्म पुर्याइदिने छ।
साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछन्।
शवको सूचि:
१.युवराज अधिकारी मोरङ कोसी हरैँचा
२. मीनबहादुर थापा भोजपुर देउराली
३. नरबहादुर कामी सुर्खेत सहारे
४.मंगलबहादुर तामाङ भोजपुर तुङगेछा
५.सुकराम थारु बर्दिया मोतिपुर
६.अरुणकुमार पंजियार सर्लाही इश्वरपुर
७.शिवशंकर राउत महोत्तरी दम्ही
८.चुतर्वा मण्डल धनुषा भरतपुर
९.जितेन्द्र थापामगर मकवानपुर भीमफेदी
१०.यामबहादुर थापा रुपन्देही देवदह
११.कासिदेव यादब सिराहा सुखचैना
१२.सधोवाका पासवान सर्लाही
१३.अनिल चौधरी महोत्तरी औरही
१४. महमुद अलमान मुसलमान कपिलबस्तुको दोहनी
१५.मुस्ताक साइक सर्लाही हरिवन
१६.रुपेशकुमार मण्डल सिराहा परासी
१७.कुम्बा तामाङ लमजुङ धोदेनी
१८.भक्तबहादुर थापामगर बाँके रझेना
१९.राजेन्द्रप्रसाद मण्डल सप्तरी लोहताराका
स्रोतः वैदेशिक रोजगार बोर्ड
फेसबुकबाट तपाईको प्रतिक्रिया