दिल्लीका स्वास्थ्य मन्त्रीलाई लाग्यो कोरोना संक्रमण

१७, जुन, भारत
भारतको नयाँ दिल्ली राज्यका स्वास्थ्य मन्त्री सतेन्द्र जैनलाई कोरोना देखिएको छ । जैनलाई कोरोना संक्रमण भएको हिन्दुसतान टाइम्सले पुष्टि गरेको हो ।

त्यसै गरि कालकाजी विधानसभाकि विधायक आतिसीलाई पनि कोरोना पोजेटिभ देखिएको छ।



जैनलाई बुधबार गरिएको दोस्रो परीक्षणमा कोरोनाको संक्रमण देखिएको बताइएको छ । उनलाई पहिलो परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो ।

उनी सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीको राजिब गान्धी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना भएका थिए 

केही दिन पहिले दिल्लीका मुख्य मन्त्रीलाई कोरोना आशका गरे पनि जाँच गर्दा कोरोना देखिएको थिएन।

यो सगै जैन कोरोना सक्रमण लाग्ने पहिलो उच्च भारतीय राजनीतिज्ञ बनेका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया