चिनियां सेनासंग लद्दाखमा भएको झड्पमा कम्तिमा २० भारतीय सैनिकको मृत्यु

१६,जुन
चिनियां सेनासंगको झड्पमा कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार सॉझ विज्ञप्ति निकालेर घटनाबारे जानकारी दिएको हो । 


लद्दाखको गलवान क्षेत्रमा चिनियां सेनासंग भएको झड्पमा कम्तिमा २० सैनिकको मृत्यु र २६ घाइते भएको जनाएको छ ।

सीमामा दुवै देशका सेनावीच तनाव वढेपछि चिनियां उपविदेशमन्त्री लुओ झाओहुई र चीनका लागी भारतिय राजदूत विक्रम मिसरीवीच भेटवार्ता भएको छ ।

चीनले सीमा क्षेत्रमा तनाव वढेसंगै तिब्बतमा ठुलो संख्यामा अत्याधुनिक हतियार र टयांकसहित सेना परिचालन गरेको छ ।

रक्षामन्त्री राजनाथ सिंह र सुरक्षा निकायका प्रमुखहरुवीच दिनभर वैठक भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

चिनियां र भारतीय सेनाबीच धकेलाधकेल हुंदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया