भारतबाट नेपाल फर्कदा बोडरमा ध्यान दिनुपर्ने कुराहरुको जानकारी

१६ जुन, नेपाल

यदि तपाईं भारतबाट नेपाल फर्कदै हुनुहुन्छ भने निम्न कुराको ध्यान दिनुहोस। हामीले यहाँ सुनौली नाकाबाट नेपाल फर्कदा गणेश पाण्डेले भोगेको अनुभव बताउदै छौ ।

१. बसबाट यात्रा गर्नेहरू लाई बसले बोडर भन्दा १ किलोमीटर पर रोक्छ,त्यहा बाट अटोरिक्सा हरु सजिलै पाउँछ।

२. क्याब बूक गरी आउनेले वोडर मा जाम नभएको खण्डमा बोर्डर सम्म नै ल्याउन सक्छन

३. १० गजा क्षेत्रमा पुगे पछि नेपाल आर्मी/पुलिस ले डाटा संकलन गरी त्यहाँबाट लगभग २ k.m. को दुरीमा रहेको होल्डिङ सेन्टर सम्म लाग्ने गर्दछ जहाँ बाट सम्बन्धित पालिका को गाडी आएमा त्यसमै आफ्नो क्षेत्रको क्वारेन्टाइन मा पठाउने गरेको छ। नत्र एकै ठाउँको मान्छे हरु ग्रुप मिलेमा गाडी बूक गरी पठाउने पनि गरेको छ।

४. यदि कसैले व्यक्तिगत रूपमा गाडी बूक गरेर जान चाहेमा पनि १० गजा क्षेत्रमा नै taxi पाउँछ। १० गजा क्षेत्रमै आफ्नो डिटेल पुलिस लाई टिपाएर taxi बुक गरी जान सक्नु हुन्छ। त्यसरी बूक गरेको taxi मा एक पटक होल्डिङ सेन्टर पुगी त्यहाँ पनि डिटेल टिपाए पछि पास पाउँछ अनि आफ्नो क्वारेन्टाइन सम्म जान सक्नु हुन्छ।

५. यतिकै हिड्नु भन्दा आउनु पूर्व आफ्नो क्षेत्रको नगरपालिका या गाउँ पालिका लाई खबर गरी आउनु भयो भने अझ सहज हुन सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया