साउदी अरबदेखि हिमालय एयरलाईन्सबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

१५ जुन, नेपाल
हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।


हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १,७४४.००)


हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: [email protected] मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।


COVID-19 टेष्ट सम्बन्धमा
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam

Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Mob: +966549726585
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Telephone: +966 03 3627121
Email: [email protected]
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

(यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।)

नोट: स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
——————————–
नेपाली राजदूतावास, रियाद ।
०१ असार २०७७

फेसबुकबाट तपाईको प्रतिक्रिया